श्रीमतीको हत्या गरेर श्रीमान् आफैं पुगे प्रहरी कार्यालय

श्रीमतीको हत्या गरेर श्रीमान् आफैं पुगे प्रहरी कार्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-ललितपुरमा एक युवकले आफ्नै श्रीमती हत्या गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेका हुन् ।

शुक्रबार बिहान श्रीमतीको हत्या गरेर उनी आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

मदिरा सेवन गरेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

शव परीक्षणका लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान लगनखेल पठाईएको छ भने को श्रीमानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।