नबिल बैंकले ६ महिनामा कमायो झन्डै ५ अर्ब

नबिल बैंकले ६ महिनामा कमायो झन्डै ५ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नबिल बैंक लिमिटेडको नाफा झन्डै ५ अर्ब रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमास ६ महिना (साउन–पुस) सम्ममा बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो।

अघिल्लो वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

विवरणअनुसार २० वटै वाणिज्य बैंक मध्ये नबिल बैंक सबैभन्दा धेरै नाफा कमाएर शीर्ष स्थानमा छ । दोस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६.५० प्रतिशत अर्थात् ३ अर्ब २५ करोड २१ लाख कमाएको छ भने तेस्रोमा रहेको कुमारी बैंकले २ अर्ब ७२ करोड कमाएको छ।

नबिलको खुद ब्याज आम्दानीमा २.४२ प्रतिशतले वृद्धि भएको छ। खुद फि तथा कमिसन आम्दानी ६.६१ प्रतिशतले बढेको छ । सञ्चालन नाफामा २६.९५ प्रतिशत अर्थात् ६ अर्ब ५७ करोड रुपैयाँ छ।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड रुपैयाँभन्दा माथि पुगेको छ, जसले प्रति सेयर वितरणयोग्य नाफा २२.५० रुपैयाँ देखाएको छ । कमाएको नाफा ३५.४० रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ११.६० रुपैयाँले बढी हो ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ ।

नबिलको कुल सम्पत्ति र निक्षेपमा स्थिरता कायम छ भने लगानी तथा अन्य आय स्रोतहरूबाट विविधीकरणले योगदान देखिन्छ।