बालेनको काठमाण्डुको घरमा चोरी

बालेनको काठमाण्डुको घरमा चोरी


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाण्डुको घरमा चोरी भएको छ ।

शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएर चोरी गरेको हो । शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए।

शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाण्डुका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २-३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। अरु सामान पनि चोरी भएको-नभएको भन्नेबारे थप खुलाइएको छैन ।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाण्डुको टोली अनुसन्धानका लागि खटिएको छ।

बालेन हाल चुनावी प्रचारका लागि कर्णाली पुगेका छन् भने उनकी पत्नी झापामा रहेकी छिन् ।