कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हिमपात र वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हिमपात र वर्षाको सम्भावना


काठमाण्डु – हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लागिरहेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

यस्तै राती तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।