काठमाण्डु- प्रभु बैंकले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिले शर्मालाई सीईओ नियुक्त गरेको हो।
उनको कार्यकाल ४ वर्षको रहने बैंकका कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए। आजैदेखि उनको कार्यकाल लागू भएको छ।
यसअघिका सीईओ अशोक शेरचनले आइतबार राजीनामा बुझाएसँगै बैंकले नयाँ सीईओ नियुक्त गरेको हो।
शर्मा यसअघि सनराइज बैंकको सीईओ रहिसकेका छन्।




प्रतिक्रिया