काठमाण्डु – जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता उल्लंघन हुनसक्ने घटनाबारे सचेत गराएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन हुनसक्ने अनलाइन गतिविधिप्रति चेतावनी दिएको छ ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘फेसबूक, यूट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथ मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य भएको हुँदा यो सूचना जारी भएपश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
जिल्ला प्रशासन कार्यालयले यस प्रकारको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) अनुसार उल्लंघन हुने भएकाले यस्तो नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालय झापाले सूचना जारी भएपश्चात पनि यस प्रकारको कार्य भएमा प्रचलित कानून अनुसार कारबाही गरिने जनाएको छ ।
कार्यालयले सर्वसाधारण र सम्बन्धित सबैलाई यसबारे सचेत रहन अनुरोध गरेको छ ।





प्रतिक्रिया