काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत उनी भरतपुर पुगेका हुन् ।
उनी यसपटक पनि चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् ।
माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेर संक्रमण भएपछि काठमाण्डुमै आराम गरिरहेका उनी फागुन २१ को निर्वाचनको तयारीका लागि आज चितवन पुगेका हुन् ।
चोटका कारण उनी राम्ररी हिँड्डुल गर्न सक्ने अवस्थामा भने छैनन् । पत्नी निकिताले रविलाई एम्बुलेन्समा राखेर जहाजसम्म लगेकी थिइन् ।
चितवनमा पुगेर रविले आफ्नो निवासमै भेटघाटहरु गर्ने छन् । उनी चुनावी प्रचारका लागि तत्काल बाहिर निस्किन नमिल्ने चिकित्कसहरुले सुझाव दिएका छन् ।
लामिछानेको सचिवालयका अनुसार आज उनले चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् ।




प्रतिक्रिया