रास्वपा उम्मेदवारको प्रचारमा रहेको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

रास्वपा उम्मेदवारको प्रचारमा रहेको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो भएको दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन् ।

प्रहरीका अनुसार ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो । स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै कार चालकले नै उपचारका लागि गौरस्थित सिटी अस्पताल पुर्‍याएका थिए ।

तर घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो । प्रादेशिक अस्पतालमा उपचारकै क्रममा दिउँसो २:४५ बजे बालिकाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घटनालगत्तै प्रहरी टोलीले ठक्कर दिने कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको छ । रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको चुनावी प्रचारको गाडी रहेको बुझिएको छ । प्रहरीका अनुसार फरार रहेका चालकको खोजी कार्य तीव्र पारिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

मृतक बालिकाको शव अहिले प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।