भ्रष्टाचारमुक्त समाज र सुशासन कांग्रेसको एजेन्डा हो : डा. कोइराला

भ्रष्टाचारमुक्त समाज र सुशासन कांग्रेसको एजेन्डा हो : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरू अगाडि बढाउने रहेको बताएका छन् ।

मोरङको ६ नम्बर निर्वाचन क्षेत्रका जनताहरूसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरूले जे काम गरे पनि नेपाली कांग्रेसले जेनजीका मागअनुसार भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकास गर्ने कामहरू गरेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरू अगाडि बढाउने हो । जेनजीहरूको माग पनि यही रहेको छ । अरु नयाँ पार्टीहरूले के गरिरहेको थाहा छैन् तर चुनावमा मात्रै होइन, २०६४ सालको चुनावदेखि एउटै कुरा भनिरहेको छु । भ्रष्टाचारमुक्त समाज हामी बनाऊ, सुशासन दिऊ, विकास गरौं, रोजगारीका अवसरहरू सिर्जना गरौं ।’

नेपाली कांग्रेसले युवाहरूको महत्त्व बुझेको भन्दै युवाहरूलाई निर्वाचनमा प्रोत्साहन गरिरहेको उनले बताए । उनले भने, ‘युवाहरूलाई लोकल चुनावमा प्रोत्साहित दिनुपर्छ, ४० प्रतिशत युवाहरूलाई स्थान दिनुपर्छ भनिरहेको छु । प्रदेशको चुनावमा ३० प्रतिशतलाई दिनुपर्छ भनेको छु र केन्द्रमा अथवा संघीय चुनावमा २० प्रतिशत युवाहरूलाई दिनुपर्छ भनिरहेको छु । युवाहरूको महत्त्व नेपाली कांग्रेसले नबुझेको होइन, बुझेको छ ।’