काठमाण्डु – ‘राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको निभन भएको छ ।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डुका नर्भिक अस्पतालमा भर्ना भएका थापाको उपचारकै क्रममा शनिबार बिहान निधन भएको हो ।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनलाई नेपाली चलचित्रको एउटा बलियो धरोहरका मानिन्थ्यो।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए।
परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्ने भएता पनि थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।




प्रतिक्रिया