काठमाण्डु – भारत र अमेरिकाबिचको व्यापारिक सम्बन्ध सुधार हुने गरी दुवै देशबिच अन्तरिम व्यापार सम्झौता (ट्रेड डिल) भएको छ ।
सम्झौताअनुसार अमेरिकाले भारतीय उत्पादनहरूमा लगाउँदै आएको उच्च ट्यारिफलाई घटाएर १८ प्रतिशत कायम गर्नेछ ।
यसअघि अमेरिकी बजारमा उच्च करका कारण भारतीय उत्पादनहरू महंगो हुने र निर्यातकर्ताले घाटा व्यहोर्नुपर्ने अवस्था रहेकोमा अब १८ प्रतिशत ट्यारिफ लागू भएपछि भारतीय सामानहरू अमेरिकी बजारमा सस्तो र प्रतिस्पर्धी हुनेछन् । सम्झौताले विशेष गरी कपडा उद्योग, रेडिमेड गार्मेन्ट्स, छाला तथा जुत्ता (फुटवेयर), प्लास्टिक, रबर, केमिकल्स र विभिन्न म्यानुफ्याक्चरिङ सामग्रीको निर्यातमा ठूलो वृद्धि हुने अनुमान गरिएको छ ।
सम्झौताअन्तर्गत भारतले पनि अमेरिकी उत्पादनहरूलाई आफ्नो बजारमा सहज पहुँच दिन केही वस्तुमा ट्यारिफ छुट दिने सहमति जनाएको छ । कृषि उत्पादन, खाद्य तेल, फलफूल, तरकारी, प्रशोधित खाद्य सामग्री र केही औद्योगिक सामानहरूमा अमेरिकी उत्पादनले छुट पाउने छन् ।




प्रतिक्रिया