भारतबाट चाेरेर ल्याइएकाे तीन किलो सुन र हिरासहित एक दम्पत्ती पक्राउ

भारतबाट चाेरेर ल्याइएकाे तीन किलो सुन र हिरासहित एक दम्पत्ती पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत-  भारतबाट चोरी गरेर ल्याएको तीन किलो सुन र हिरासहित एक दम्पत्ती सुर्खेतबाट पक्राउ परेका छन्।

पुस ११ गते भारतको बंगलोरबाट चोरी गरेर ल्याएको सुन र हिरासहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमती शौभाग्य शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका ९ गडेगाउँ स्थायी ठेगाना भएका मंगललाई कालिकोटबाट र शौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी महेशविक्रम शाहले जानकारी दिए।

बंगलोरबाट प्रहरी सुर्खेत आएर चोरलाई खोजी गरिदिन आग्रह गरेपछि दम्पतिलाई नेपाल प्रहरीले पक्राउ गरेको शाहले बताए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।

बंगलोरको एक घरमा काम गर्न बसेका उनीहरूले घर फोडेर भागेको जानकारी सुर्खेत आएका भारती प्रहरीले दिएको डिआइजी शाहको भनाई छ।