काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका बेलायती सेनाका गोरखा ब्रिगेडका कर्नेल कमान्डेन्ट मेजर जनरल जेराल्ड एम. स्ट्रिकल्याण्ड तथा कर्नेल डेभिड जे. रोबिन्सनसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
सोमबार राष्ट्रपति कार्यालयमा भएको उक्त भेटघाटमा नेपालका लागि बेलायतका राजदूतको समेत उपस्थिति रहेको थियो।
भेटघाटमा अवसरमा मेजर जनरल स्ट्रिकल्याण्डले गोरखा ब्रिगेडको सन् २०२५ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका थिए।
भेटका क्रममा नेपाल–बेलायतबीच रहँदै आएको ऐतिहासिक सम्बन्ध, आपसी हित तथा साझा चासोका विविध विषयमा समेत छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।




प्रतिक्रिया