काठमाण्डु – नेपाली सेनाको पृतनापति सम्मेलन भोलि मंगलबारदेखि हुने भएको छ ।
महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले गर्न लागेको सम्मेलन २ दिनसम्म चल्नेछ ।
सम्मेलनमा विभिन्न क्षेत्रका पृतनापतिहरूले आ–आफ्नो कार्यक्षेत्रको सुरक्षाको वस्तुस्थितिबारे प्रतिवेदन पेश गर्ने जनाइएको छ ।
जङ्गीअड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरूबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए/गरेका कार्यहरूबारे प्रस्तुतीकरण एवं छलफल हुने नेपाली सेनाले जनाएको छ । देशको पछिल्लो सुरक्षा र राजनीतिक अवस्थाका साथै वैदेशिक प्रभावबारे पनि छलफल हुने सैनिक स्रोतले जनाएको छ ।
सम्मेलनमा प्रधानमन्त्री सुशीला कार्कीको समेत सहभागिता रहनेछ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको सम्मेलनले चुनावी सुरक्षाबारे समेत समीक्षा गर्नेछ । सरकारले चुनावी सुरक्षाका लागि सेना परिचालनको निर्णय गरिसकेको छ ।




प्रतिक्रिया