काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई चुनावको सुरक्षामा केहि कुराको पनि कमी हुन नदिन निर्देशन दिएकी छन्।
मंगलबार जंगी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क रहन निर्देशन दिएकी हुन् ।
विगतमा जस्तो सुरक्षा संयन्त्रबिच समन्वयमा त्रुटि नदोहोर्याउन सचेत गराएकी हुन्। उनले भनिन् ‘विगतमा सुरक्षा संयन्त्रहरूबिच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस्।’ ‘यस निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस्।’
प्रधानमन्त्री कार्कीले राजनीतिक गतिविधि पनि बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि अन्य निकायसँग सहकार्य गर्न पनि सेनालाई निर्देशन दिएकी छन्।




प्रतिक्रिया