काठमाण्डु – भिजिट भिसाबापत लाखौँ रुपैयाँ असुली काण्डमा बिचौलिया बालकृष्ण खड्कालाई विशेष अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले ग्रिनलाइन होलिडेज प्रालिका सञ्चालक खड्कालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २५ गते सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा प्रतिवादी रहेका भट्टराई यसअघि नै ५ लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।
अख्तियारको अनुसन्धानमा खड्काले भिजिट भिसामा जाने मान्छे खोज्ने र भट्टराईले सोहीअनुसार प्रस्थान अनुमति दिने गरेको खुलेको छ । यसरी दिनमै अध्यागमनमा ५० लाख रुपैयाँभन्दा धेरै पैसा असुली हुने गरेको छानबिनमा खुलेको थियो । सहसचिव भट्टराई र बिचौलिया खड्काबिच नियमित रूपमा ह्वाट्स एपमा कुरा हुनुका साथै आर्थिक लेनदेन देखिएको थियो ।




प्रतिक्रिया