काठमाण्डु– क्यानडाको एक हाई स्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको टम्बलर रिज सेकेन्डरी स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो ।
मंगलबार, फेब्रुअरी १० मा स्थानीय समय अनुसार दिउँसो करिब १ः२० बजे गोलीबारीको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।
गोली लागेर २५ जना घाइते भएको बीबीसीले जनाएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर वा ज्यानलाई खतरा हुने खालको भएकाले उनीहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ।
संदिग्ध आक्रमणकारी पनि मृत फेला परेको प्रहरीले जनाएको छ। आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
स्थानीय विद्यालय जिल्लाले भर्खरै एक वक्तव्य जारी गर्दै आक्रमणका कारण बाँकी साता भर कक्षाहरू रद्द गरिएको जनाएको छ।
प्रहरीले बाँकी सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ । प्रहरीले अहिले आक्रमणको उद्देश्य र कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।




प्रतिक्रिया