टी–२० विश्वकपमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

टी–२० विश्वकपमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जीत


काठमाण्डु – टी–२० विश्वकपअन्तर्गत बुधबार भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जीत हासिल गरेको छ ।

बुधबार भारतको नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले २ सुपर ओभरमा अफगानिस्तानलाई पराजित गराउँदै रोमाञ्चक जीत निकालेको हो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ रन बनाउँदै खेल दोस्रो सुपर ओभरमा लगेको थियो ।

दोस्रो सुपर ओभरमा पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दोस्रो सुपर ओभरमा १९ रन मात्र जोड्न सफल भयो ।

समूह ‘डी’मा रहेको दक्षिण अफ्रिकाको दोस्रो जीत हुँदा अफगानिस्ताले भने लगातार २ म्याच हारेको छ । यसअघि अफगानिस्तान न्युजिल्याण्डसँग १० विकेटले नै पराजित भएको थियो ।