काठमाण्डु – अमेरिकी हिन्द–प्रशान्त कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो ३ दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् ।
उनको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीचको द्विपक्षीय रक्षा सम्बन्धलाई थप सुदृढ बनाउने र सैन्य सहयोगलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
भ्रमणका क्रममा एडमिरल पापारोले नेपाली सेनाको उच्च नेतृत्वसँग महत्त्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ स्थापित पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरी सैन्य तालिमहरूको विशेष अवलोकन समेत गर्नेछन् ।
उच्चस्तरीय सैन्य भ्रमणले विश्वव्यापी शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै हिन्द–प्रशान्त क्षेत्रमा नेपालको बढ्दो संलग्नता र सुरक्षा साझेदारीलाई समेत विशेष जोड दिएको छ ।




प्रतिक्रिया