इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल

इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले इटलीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

खेल मुम्बईस्थित वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी मानेन्टीले टस जितेर फिल्डिङको निर्णय लिएसँगै नेपालले ब्याटिङ गर्न लागेको हो ।

नेपालले टी–२० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको हो । तर १ दिवसीयमा नेपाल र इटालीबीच ३ खेल भइसकेका छन् । तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको थियो ।

समूह ‘सी’मा रहेका दुवै टोली पहिलो जीतको खोजीमा छन् । इटाली विश्वकपको डेब्यु खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यता, तेस्रोपटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको हार व्यहोरेको थियो ।

नेपालले बिहीबारको खेलमा १ जना परिवर्तन गरेको छ । इंग्ल्यान्डविरुद्ध खेलेका स्पिनर शेर मल्लको स्थानमा ललितनारायण राजवंशीले मौका पाएका छन् । रोहितकुमार पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सनकुमार झा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी बिहीबारको खेलमा छन् ।