महाशिवरात्रीको दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ४ वटै ढोका खुला गरिने

महाशिवरात्रीको दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ४ वटै ढोका खुला गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजनागरी कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनले भने, ‘पशुपतिमा विश्वका हिन्दूहरूको महान पर्व महाशिवरात्रीको पावन अवसरमा पुशपतिमा पाल्नुहुने स्वदेशी तथा विदेशी भक्तजनेदेखि साधु, सन्त, महन्त, तीर्थयात्री तथा पर्यटकहरूको सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंमसेवा चन्दन प्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था, भजनकीर्तन, सुरक्षा तथा विभिन्न व्यस्थापन गर्दै तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।’

महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ४ वटै ढोका खुला गरिने उनले जानकारी दिए । मन्दिर प्रवेशका लागि विभिन्न ४ स्थानबाट लाइनको व्यवस्था गरिएको निर्देशक जोशीले जानकारी दिए ।

उनले भने, ‘महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ४ वटै ढोका खुला गरिनेछ । दर्शन गर्न सहजताको लागि मन्दिर प्रवेशका विभिन्न ४ स्थानबाट लाइनको व्यवस्था गरिएको छ ।’

उनले महाशिवरात्री पर्वलाइ सुरक्षित र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताए । पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण–बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन समेत कोषले सचेत गराएको छ ।