काठमाण्डु– टी–२० विश्वकपमा संयुक्त अरब इमिरेट्स (यूएई)ले क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा यूएईले क्यानडालाई ५ विकेटले हराएको हो । १५१ रनको लक्ष्य पाएको यूएईले १९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
यूएईका लागि सर्वाधिक आर्यान्स शर्माले ७४ र सोहेब खानले ५१ रन जोडे । बलिङतर्फ क्यानडाका साद बिन जाफरले ३, जास्करन सिंह र कलिम सानाले एक–एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनायो । हर्ष ठाकेरले ५० रन, नवनीत धालिवालले ३४, श्रेयस मोव्वाले २१ तथा दिलप्रीत बजवाले ११ रन जोडे ।
बलिङतर्फ यूएईका जुनैद सिद्धिकी एक्लैले ५ विकेट लिए भने मुहम्मद जवादुल्लाहले १ विकेट लिए ।




प्रतिक्रिया