काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।
तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भू(भागमा मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।




प्रतिक्रिया