काठमाण्डु- ललितपुरको महाङ्काल र कोन्ज्योसोम गाउँपालिकाको सिमाना चौघरे बाउनडाँडामा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
लेलेबाट कालेश्वर मन्दिरमा त्रिशुल चढाउन जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रक चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा रहेका त्यही ठाउँका गाडीधनी ४२ वर्षीय गणेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, ट्रकमा रहेका अरु दुई पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा मृत्यु भएकाको परिचय खुल्न बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।




प्रतिक्रिया