जनकपुरधाम साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ गतेदेखि हुने

जनकपुरधाम साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ गतेदेखि हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको पाँचौं संस्करण फागुन ५ गतेदेखि हुने भएको छ ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलमार्फत महोत्सवको मुल आयोजक मैथिली विकास कोषले महोत्सवबारे जानकारी गराएको छ ।

यस वर्ष महोत्सवको आयोजनाका निम्ति मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाले पनि सहयोग गरेको मुल आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । उनका अनुसार महोत्सव फागुन ५ गते मंगलबारदेखि ८ गते शुक्रबार (१७–२० फरवरी २०२६) सम्म चल्ने छ ।

महोत्सवको विशेष आकर्षणका रुपमा मिथिला भोजन प्रदर्शनी, चित्रकला प्रदर्शनी, हस्तकला प्रदर्शनी, नेपाली र भारतीय विद्वान तथा गायक–गायिकाको सांस्कृतिक प्रस्तुति रहको अध्यक्ष चौधरीले बताए ।

उनका अनुसार महोत्सव अवधिभरि विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला र प्रदर्शनी, पुस्तक प्रदर्शनीतथा विभिन्न विमर्शात्मक कार्यक्रमहरु हुनेछ ।

प्रत्येक दिन नेपाल र भारतका प्रख्यात मैथिली कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम, झाँकी लगयातको प्रस्तुती हुने अध्यक्ष चौधरीले जानकारी दिए ।

उनले मैथिली भाषा, साहित्य र संस्कृतिलाई अहिलेको नयाँ पिँढी एवं संसारसामु प्रस्तुत गर्न यस महोत्सवले आफ्नो तर्फबाट प्रयास गर्दै आएको छ ।