काठमाण्डु – पञ्चायतकालीन नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता पनि रहेका थापा २००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय थिए । थापा पञ्चायतकालका प्रभावशाली नेतामध्ये एक मानिन्थे। उनले विभिन्न समयमा राज्यका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रशासन र नीतिनिर्माण तहमा भूमिका निर्वाह गरेका थिए।
पञ्चायत व्यवस्था, बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिको संक्रमणकाल तथा पछिल्लो राजनीतिक परिवर्तनसम्मका घटनाक्रमका साक्षी रहेका थापा नेपाली राजनीतिक वृत्तमा अनुभव र स्पष्ट अभिव्यक्तिका लागि परिचित थिए।
राप्रपा निर्माण र संगठन विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको थियो। उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म निजी निवास गैह्रीधारामा राखिनेछ। त्यसपछि अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर पशुपति आर्यघाट लगिने छ।




प्रतिक्रिया