टि२० विश्वकप : नेपालले टस हार्‍यो, वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै

टि२० विश्वकप : नेपालले टस हार्‍यो, वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र श्रीलंकामा जारी टी२० विश्वकप अन्तर्गत समूह सीको खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।

आइतबार मुम्बईको वानखडे क्रिकेट रगंशालमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपाल खेल जित्नै पर्ने दबाबमा छ।

नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो।

यता फास्ट बलर सोमपाल कामिले तेस्रो पटक टी–२० विश्वकप खेल्दै छन्। उनले वेस्ट इन्डिजविरुद्धखेल्दै तेस्रो पटक विश्वकपमा सहभागिता जनाउन लागेका छन्।

यसअघि उनी इंल्यान्ड र इटालीसंगको खेलमा पहिलो रोजाइमा परेका थिएनन्। उनले २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएका थिए।