आजको मौसम मुख्यतया सफा

आजको मौसम मुख्यतया सफा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

सोमबार तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

सोमबार बिहान काठमाण्डु उपत्यकाको न्यूनतम ८.१ डिग्री सेल्सियस मापन भएको छ। आइतबार यहि समयमा न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस थियो ।