काठमाण्डु- बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार ढाका जाँदैछन् ।
बंगलादेशमा फरबरी १२मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तारिक रहमान प्रधानमन्त्री पदको सपथ लिँदैछन् । सपथ ग्रहण मंगलबार हुनेछ ।
बीएनपीले रहमानलाई संसदीय दलको नेतामा चयन गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्नेछ । रहमान पूर्वप्रधानमन्त्री खालिजा जियाका छोरा हुन् । उनको पार्टीले निर्वाचनमा दुई तिहाए मत पाएको छ ।
सपथ ग्रहणमा भाग लिन अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई सपथ ग्रहण समारोहमा निमन्त्रणा पठाएका थिए ।
नेपालको तर्फबाट मन्त्री शर्माले प्रतिनिधित्व गर्दैछन् । यस्तै भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्नेछन् ।




प्रतिक्रिया