सेतोपाटीलाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई पठायो पत्र

सेतोपाटीलाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई पठायो पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्राचार गरेको छ।

निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाशन गरेको भन्दै आयोगले सोमबार सेतोपाटीलाई कारबाही गर्न पत्राचार गरेको हो।

उक्त अनलाइनले आइतबार चुनाव विश्लेषण भन्दै चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचनःरेणु दाहाल दोस्रो’ भनेर समाचार प्रकाशन गरेको थियो । उक्त समाचारलाई लिएर ‘सेतोपाटीलाई कारबाही गर्न आयोगले काउन्सिललाई पत्र काटेको हो ।

पत्रमा आयोगले उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने उल्लेख गर्दै आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था अनुसार आवश्यक कारबाही गर्न अनुरोध गरेको छ।