काठमाण्डु महानगरमा कुन हदसम्म अन्तर्राष्ट्रिय चलखेल हुन्छ तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न : बालेन

काठमाण्डु महानगरमा कुन हदसम्म अन्तर्राष्ट्रिय चलखेल हुन्छ तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न : बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रास्वपाका बरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहले काठमाण्डु महानगरपालिकामा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन्।

सोमबार बिहान झापा–५ का मतदातासँग संवाद गर्दै बालेनले काठमाण्डुको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्या समाधानमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका हुन्। उनले काठमाण्डुको राजनीतिमा बाह्य शक्तिहरूको अदृश्य दबाब रहने गरेको पनि बताए।

बालेनले भने, ‘काठमाण्डु महानगरमा कुन हदसम्मको अन्तर्राष्ट्रिय चलखेल थियो भनेर तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न,’महानगरको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन।’काठमाण्डुका सुकुमबासी बस्तीमा बस्ने धेरै त वास्तविक सुकुम्बासी नभई राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित मान्छे हुन्,’ बालेनले भने।

उनले सुकुम्बासीलाई लालपुर्जा दिलाउने र व्यवस्थित गर्ने कार्यमा महानगरले भूमि आयोगसँग तीन महिनाअघि नै सम्झौता गरिसकेको भए पनि देशमा हुने राजनीतिक अस्थिरता र छिटोछिटो फेरिने सरकारका कारण ती काम कार्यान्वयन हुन नसकेको बताए।