कंगो मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

कंगो मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कंगोमा तैनाथ आफ्ना शान्ति सैनिकहरूको अदलीबदली गरेको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा सञ्चालन भइरहेको यूएन शान्ति मिसनमा कार्यरत श्री चण्डीदल गण (शान्ति सेना) ३१औं डफ्फालाई बदली गर्न श्री रुद्रध्वज गण (शान्ति सेना) ३२औं डफ्फाका २३८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली आईतबार मिसन क्षेत्रतर्फ प्रस्थान गरेको हो ।

मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका २३६ जना नेपाली शान्ति सैनिकहरू सोही दिन स्वदेश फर्किएको जनाइएको छ ।

नेपाली सेनाका अनुसार हाल कंगोस्थित मिसनमा ९६९ जना नेपाली शान्ति सैनिक कार्यरत रहेका छन् । नेपालले लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।