क्रेटमै ५० रुपैयाँले बढ्यो अण्डा मूल्य

क्रेटमै ५० रुपैयाँले बढ्यो अण्डा मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आजदेखि लागू हुनेगरी अण्डाको भाउ बढेको छ । नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य क्रेटमै ५० रुपैयाँले बढाएको हो।

आजदेखि ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौलाको ३७५ रुपैयाँ तोकिएको संघले जनाएको छ।

गत माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको थियो ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । अहिले प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने छ ।