काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र युएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझादारी९एमओयु० गर्ने तयारी गरेको छ।
एमओयुका लागि नेपालले जनवरीभित्र ओमान र युएईमा प्रारम्भिक अध्ययन र छलफलका लागि प्राविधिक टोली पठाउने तयारी गरेको छ। नेपालले युएईसँग यसअघि नै गरेको समझदारीलाई परिष्कृत गरेर अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को अभिसन्धिअनुसार गर्ने र ओमानसँग नयाँ श्रम समझदारी गर्ने गरी योजना बनाएको छ।
युएई र आमोनअघि कतारसँग श्रम समझदारी हुने भए पनि यी दुई देशसँग भने कामदारका विभिन्न सेवा, सुविधा र अधिकारका लागि छलफल गर्ने नेपाल पक्षको योजना छ। युएई र ओमानसँग गरिने एमओयुको अवधारणमा अहिलेको आवश्यकताअनुसार निःशुल्क रुपमा श्रमिक जानसक्ने वातावरण तयार गर्ने गरी समझदारी गरिने सोच रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए।यो समाचार आजको कारोबार दैनिकमा छ ।




प्रतिक्रिया