नेपाली सेनाको प्रवक्तामा यम ढकाल, आजैबाट सम्हाले जिम्मेवारी

नेपाली सेनाको प्रवक्तामा यम ढकाल, आजैबाट सम्हाले जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाको नयां प्रवक्तामा यमप्रसाद ढकालले कार्यभार समालेका छन् । ढकाललाई बिहिबार जंगी अड्डामा एक कार्यक्रमकाबीच सहायक रथी गोकुल भण्डारीले कार्यभार हस्तान्तरण गरेका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी भण्डारी तालिम शिक्षालय खरिपाटीमा सरुवा भएपछि ढकाल नयाँ प्रवक्तामा नियुक्त भएका थिए। प्रवक्ताको जिम्मेवारीबाट सरुवा भएका भण्डारीले आफू प्रवक्ताको जिम्मेवारीमा रहँदा सहयोग गरेको भन्दै आम सञ्चारमाध्यामलाई धन्यवाद दिएका छन्।