इरानको जवाफी आक्रमण : यूएई, कुवेत र कतारका अमेरिकी सैन्य अड्डा निशानामा

इरानको जवाफी आक्रमण : यूएई, कुवेत र कतारका अमेरिकी सैन्य अड्डा निशानामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेसँगै इरानले पनि जवाफी आक्रमण थालेको छ ।

शनिबार दिउँसो जवाफी हमलामा इरानले इजरायल, यूएई, कुवेत, बहराइन र कतार लगायतका मुलुकका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको हो ।

इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई सेवा बन्द गरेका छन् । क्षेत्रीय तनाव चुलिएका बेला कतार, कुवेत र यूएईले हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।