काठमाण्डु – इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशले आत्मरक्षाको अधिकार प्रयोग गर्दै सुरक्षाका लागि उपलब्ध सबै सैन्य संयन्त्रको प्रयोग गर्ने बताएका छन् ।
एक विज्ञप्तिअनुसार अराघचीले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन र इराकका आफ्ना समकक्षीहरूसँग टेलिफोन संवाद गर्दै इरानको अखण्डता रक्षाका लागि ‘आत्मरक्षाको वैध अधिकारअन्तर्गत सबै रक्षात्मक र सैन्य क्षमता’ प्रयोग गर्ने जानकारी गराएका हुन् ।
सोही क्रममा अराघचीले ती देशहरूलाई इरानमाथि आक्रमण गर्नका लागि उनीहरूको भूमि वा सुविधाको प्रयोग अमेरिका र इजरायलले नगरुन् भन्ने सुनिश्चित गर्ने जिम्मेवारी समेत स्मरण गराएको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया