इरानी शासनका धेरै वरिष्ठ व्यक्तित्वहरू मारिएको इजरायली रक्षा बलको दाबी

इरानी शासनका धेरै वरिष्ठ व्यक्तित्वहरू मारिएको इजरायली रक्षा बलको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार इरानमा गरेको आक्रमणमा इरानी शासनका धेरै वरिष्ठ व्यक्तित्वहरू मारिएको दाबी गरेको छ ।

इजरायली सैन्य अधिकारीका अनुसार सैन्य कारबाहीका क्रममा इरानी सरकारका सदस्यहरू भेला भएका ३ वटा फरक–फरक स्थानमा एकैसाथ प्रहार गरिएको थियो ।

ती अधिकारीले इजरायली सेनाले अमेरिकी सेनासँगको नजिकको सहकार्यमा लक्ष्यहरूको मूल्यवान र विस्तृत सूची तयार पारेको समेत जानकारी दिए । ‘आवश्यक परेको खण्डमा इरानमा थप आक्रमण गर्न आईडीएफ पूर्ण रूपमा तयार छ,’ विज्ञप्तिमा भनिएको छ ।