काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।
उम्मेदवार साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाणित भएकाले उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रूपमा समेत चेक बाउन्स सम्बन्धी कालोसूचीमा परेकाहरूको विवरणमा रहेको पाइएको छ ।





प्रतिक्रिया