रवि र बालेनले गरे मतदान

रवि र बालेनले गरे मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –राष्ट्रिय स्वतन्त्र पार्टीका सुभापति रवि लामिछानेले मतादान गरेका छन् ।

काठमाण्डु-३ महाकाल चौरमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

यस्तै वरिष्ठ नेता नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

यस्तै, पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन्।

उनले महालक्ष्मी नगरपालिकास्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठीक ७ बजेर ७ मिनेटमा मतदान गरेका हुन्। सो केन्द्रमा उनले पहिलो मतदाताका रूपमा मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।