प्रचण्डले भने-कसैको बहुमत आउँदैन

प्रचण्डले भने-कसैको बहुमत आउँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले असहज परिस्थितिमा भइरहेको निर्वाचन सफल पार्न सलाई आग्रह गरेका छन् ।

भरतपुर महानगरपालिका१४ शान्तिपुरमा रहेको मतदान केन्द्रमा बिहीबार मतदान गरेपछि पत्रकारसँग कुराकानी गर्दै प्रचडले निर्वाचनले मुलुकको स्थायित्व गराउने विश्वास व्यक्त गरे ।

उनले मतदान गरेपछि आफू धेरै खुसी भएको बताउँदै निर्वाचन सफल बनाउने जिम्मेवारी सबैको भएको बताए ।
उनले भने, ‘निर्वाचनमा मतदान गर्दा सफलताको सन्निकट पुगेका छौं । म धेरै नै खुसी छु,’ ‘जनताको लागि, राष्ट्रको लागि र स्थायित्वको लागि समृद्धिको यात्रा सुरु गर्नको लागि यो निर्वाचन धेरै महत्वपूर्ण निर्वाचन हो । सामान्य मात्रै होइन, असमान्य परिस्थितिमा भएको निर्वाचनबाट म निकै खुसी छु ।’

उनले निर्वाचनलाई उत्सवको रुपमा लिएर उत्साहको साथ भाग लिन पनि अपिल गरे । ‘निर्वाचनमा जति धेरै जनताको सहभागिताहुन्छ नतिजा पनि स्थायित्व हुन्छ’ उनले भने ।

निष्पक्ष, स्वच्छ र धाँधलीरहित निर्वाचनबाट आएको नतिजाबाट देश अगाडि बढ्नुपर्नेमा आफूहरु लागेको उनले बताए। नयाँ र पुरानो दलको भाष्य बनाइएको भन्दै उनले निर्वाचन सहि र गलतका बीचको प्रतिष्पर्धा हुनुपर्ने बताए ।

साथै उनले निर्वाचन प्रणाली अनुसार कुनै पनि दलको बहुमत नआउने दाबी गरे। प्रचण्डले चितवनमा मतदान गरेसँगै त्यहाँबाट रुकुमपूर्व गएका छन् ।