काठमाण्डु– बिहान ७ बजेदेखि सुरु भएको मतदान देशैभर उत्साहपूर्ण बतावरणमा भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।
आयोगले छिटफुट बाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा मतदान जारी छ ।
मतदान साँझ ५ बजेसम्म मतदान हुनेछ ।




प्रतिक्रिया