ओलीको दाबी-एमालेले बहुमत ल्याउँछ, प्रधानमन्त्री बन्छु

ओलीको दाबी-एमालेले बहुमत ल्याउँछ, प्रधानमन्त्री बन्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गरे ।

ओलीले एमालेले स्पष्ट बहुमत ल्याउने र यदि कथम् कदाचित बहुमत नआए पनि सबैभन्दा ठूलो दल बन्ने जिकिर गरे। उनले भने, ‘एमालेले सकभर बहुमत ल्याउँछ। यदि बहुमत ल्याएन भने पनि पहिलो पार्टीका रूपमा उदय हुन्छ ।’

उनले एमालेको नेतृत्वमा सरकार बन्ने कुरामा आफू विश्वस्त रहेको प्रस्ट पारे।

भावी प्रधानमन्त्री को भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले आफू नै प्रधानमन्त्री बन्ने पनि बताए।

‘मलाई मेरो पार्टीले प्रधानमन्त्री बन्न भनेको छ,’ उनले भने, ‘मेरो पार्टीले भनेपछि देशले बनाउँछ। यसमा कुनै शंका नै छैन।’

अध्यक्ष ओलीले पछिल्लो समय चर्चामा रहेको नयाँ र पुराना दल भन्ने बहस देशको हितविपरीत भएको टिप्पणी गरे। उनले योगदान नभएका तत्त्वहरूले घृणा र प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाए।