२ बजेसम्म ३३ प्रतिशत मतदान, कुन प्रदेशमा कति ? (सूचीसहित)

२ बजेसम्म ३३ प्रतिशत मतदान, कुन प्रदेशमा कति ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार छिटफुट घटना र सामान्य विवादबाहेक मतदान शान्तिपूर्ण रुपमा जारी छ ।

दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको आयोगले जनाएको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो ।

सबैभन्दा बढी काठमाण्डु उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी कोसी प्रदेशमा ११ लाख ४९ हजार ५७१ मत खसेका छन्।

दोस्रोमा मधेस प्रदेशमा १० लाख २४ हजार ४४१ जनाले भोट हालेका छन्। यसपछि लुम्बिनीमा ९ लाख ७७ हजार ४१९ मत खसे‍का छन्।