काठमाण्डु– म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन निर्वाचित भएका छन् । उनी २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे ।
म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।




प्रतिक्रिया