समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै

समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७६ लाख ९२ हजार ४५९ मत गणना भएको छ।

बिहान ७ बजेसम्म भएको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३७ लाख २२ हजार ५६२ मत प्राप्त गरेको छ।

त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ५४ हजार ३०३, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले १० लाख ६२ हजार १५२, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ४५ हजार ६०५ , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६१ हजार ८४३ र श्रम संस्कृति पार्टीले दुई लाख ५१ हजार ४०५,मत प्राप्त गरेको छ।

राप्रपा र श्रम संस्कृति पार्टी पनि राष्ट्रिय पार्टी बन्ने कसरतमा छन्।