काठमाण्डु– भारतको मध्य प्रदेशमा आगलागीमा परी ७ जनाको मृत्यु भएको छ । इन्दौरमा बुधवार बिहान कार चार्ज गर्ने क्रममा विस्फोट हुँदा उक्त घटना भएको हो । घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।
प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट भएर कारमा लागेको आगो घर भित्र फैलिएको थियो । आगलागि भएपछि घरभित्र राखिएका ग्यास सिलिन्डर पड्किदा उक्त घटना भएको भारतिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
घरभित्र राखिएका झण्डै १५ ग्यास सिलिन्डरहरू आगोका कारण एक पछि अर्को गर्दै विष्फोट भएको बताइएको छ ।
विस्फोट यति ठुलो थियो कि घरको एक भाग भत्कियो, जसले गर्दा भित्र रहेकाहरू भाग्न पाएनन्।




प्रतिक्रिया