काठमाण्डु- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ। खोटाङको केपिलासगढी गाउँपालिका-२ मा बिरामी लिन लागि गएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।
बुधबार दिउँसो १२ बजेतिर अवरतणका क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ।
दुर्घटनामा कसैको पनि हताहती नभएको बताइएको छ ।




प्रतिक्रिया