काठमाण्डु – सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–१६ नयाँबजार बस्ने कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका २३ वर्षीय तपेन्द्र बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबूकमा फेक आईडी बनाई पीडित महिलाको तस्वीर सँगसँगै चरित्र हत्या गर्ने तवरबाट अपमानजनक तथा अमर्यादित कन्टेन्ट निर्माण गरी पोष्ट गर्नुका साथै अपरिचित व्यक्तिका अश्लिल क्रियाकलापका भिडियो सामाग्रीहरूमा समेत पीडित महिलाको नाम राखी विभिन्न पोष्ट गरी दु:ख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाण्डुबाट पक्राउ गरेको हो ।
उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाण्डुबाट ३ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया