प्रधानमन्त्री देश दौडाहामा, आज मुगु र हुम्ला जाँदै

प्रधानमन्त्री देश दौडाहामा, आज मुगु र हुम्ला जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की देश दौडाहामा निस्केकी छिन् ।

प्रधानमन्त्री कार्की बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुगेकी हुन् । सुर्खेतबाट उनी मुगु र जुम्ला भ्रमणमा जाने छिन् ।

प्रधानमन्त्रीसँग प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावल समेत सहभागी रहेका छन्।

मुगुस्थित राराताल पुगेर सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने तथा तालको अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मुगु र जुम्ला भ्रमणपछि प्रधानमन्त्री शुक्रबार त्यहीँबाट सेनाको हेलिकप्टरमार्फत् नै जनकपुर जाने योजना छ।